‘अध्ययन कागजमा छापिएका अक्षरबाट मात्र हुँदैन्’ – राष्ट्रपति विद्यादेवी भण्डारी

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ५५ पटक पढिएको
‘अध्ययन कागजमा छापिएका अक्षरबाट मात्र हुँदैन्’ – राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्ययनले सत्यको खोज र तत्थको पहिचान गर्ने क्षमताको निर्माण गर्ने बताएकी छन् । उनले यही क्षमताको आधारमा राष्ट्रको समृद्धका जगहरु निर्माण हुने विश्वास व्यक्त गरिन् ।
शुक्रबार काठमाडौंमा आयोजित किताब जात्रा–२०७९को उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले अध्ययन कागजमा छापिएका अक्षरबाट मात्र नहुने बताउँदै जीवनका विविध आयामसँगको साक्षात्कारबाट पनि हुने जिकिर गरिन् । उनले समाज परिवर्तनको लागि ज्ञान हासिल गर्नु अनिवार्य रहेको धारणा राख्नै ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य रहनेमा जोड दिईन् ।
राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केबल आर्थिक विकासमात्र भई ज्ञान र सभ्यता पनि रहेको तर्क राखिन् । कुनै पनि राष्ट्रको उत्थानको लागि हरेक नागरिक अनुशासित, मर्यादीत मुलुकप्रति सर्मपित र राज्यका अरु निकायहरु प्रति सम्मान गर्ने संस्कारयुक्त बन्नु अनिवार्य रहेको उनको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित