उपत्यकामा आजबाट इन्द्रजात्रा सुरु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २०२ पटक पढिएको
उपत्यकामा आजबाट इन्द्रजात्रा सुरु

|इन्द्रजात्रा

काठमाडौं उपत्यकामा आजबाट (बुधबार) इन्द्रजात्रा सुरु भएको छ। काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा बिहान ७:१७ को साइतमा लिङ्गो ठड्याई इन्द्रजात्राको सुरुवात गरिएको हो।

केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरका अनुसार भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको छ। यो लिङ्गो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिने गर्दछ।

यो जात्रा एक सातासम्म चल्नेछ भने जात्राको मुख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ। इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित