मध्यपहाडी खुर्कोट–घुर्मी सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३८६ पटक पढिएको
मध्यपहाडी खुर्कोट–घुर्मी सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलका अनुसार आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन्।

इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित