भाषा आयोगका अध्यक्ष अवस्थीद्वारा राष्ट्रपतिसमक्ष आयोगको छैटौँ प्रतिवेदन पेश

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५२१ पटक पढिएको
भाषा आयोगका अध्यक्ष अवस्थीद्वारा राष्ट्रपतिसमक्ष आयोगको छैटौँ प्रतिवेदन पेश

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको छैटौँ प्रतिवेदन बुझाएका छन्। अध्यक्ष अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम सो आयोगबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा बुझाएका हुन्।

कार्यक्रममा आयोगका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो। नेपालको संविधानबमोजिम गठित सो आयोगले सरकारी कामकाजका लागि प्रादेशिक भाषाबारे यसअघि नै सिफारिस गरिसकेको छ।

मातृभाषाको संरक्षण, नेपालमा बोलिने भाषाको ब्याकरण लेखन, अभिलेखनलगायत कार्य आयोगले गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित