८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको विजुली भारत निर्यात

  • वर्ल्ड दैनिक
  • १ महिना अघि
  • ६८ पटक पढिएको
८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको विजुली भारत निर्यात

पछिल्ला ८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ। हाल दैनिकरुपमा नै कूल ३६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ। थप ६०० मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ।

माथिल्लो तामाकोसीको ४५६ मेगावाट र अन्य आयोजनाको ११० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको छ। भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र छिट्टै निष्कर्ष निस्कने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। प्राधिकरणले चालू आवमा मात्रै रु १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ।

थप बिजुली निर्यात भएको अवस्थामा आम्दानीमा समेत वृद्धि हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित