राष्ट्रपति भण्डारी र कांग्रेसका पदाधिकारीबीच भेटवार्ता

  • वर्ल्ड दैनिक
  • १ महिना अघि
  • ७६ पटक पढिएको
राष्ट्रपति भण्डारी र कांग्रेसका पदाधिकारीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीबीच भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री समेत रहका कांग्रेस सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरुले सोमबार दिउँसो २ बजे राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीसँग कांग्रेस पदाधिकारीको छलफल गर्न लागेका हो। संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन्।

संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित