अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २७९ पटक पढिएको
अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ बुधबार सम्पन्न भएको छ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले अपराध अनुसन्धानमा भएका समस्याहरू विश्लषण गरी सफल अपराध अनुसन्धानका लागि आवश्यक रणनीति तय गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताए। विभिन्न जिल्लामा भएका सफल अनुसन्धानका घटना एक आपसमा आदान प्रदान हुने र त्यस्ता सफल अनुसन्धानका पद्धतिहरूलाई अन्य जिल्लामा समेत लागु गर्ने उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह समेत गरे।

शान्ति सुरक्षा स्थापना तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा अझ बढी सवेदनशील र निडर भएर कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानको क्षेत्रमा काम गर्न हरेक प्रहरी कर्मचारीहरूले सबै सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। संगठनको श्रीवृद्धि एवं संगठनको लक्ष्य तथा उद्देश्य हासिलका लागि सबै प्रहरी कर्मचारीहरू इमान्दारीताका साथ कार्यसम्पदान गर्नुपर्ने बताउँदै आउँदै गरेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित तवरमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजनाहरू अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र धानुकले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरीक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धान सम्बन्धि बिषयमा प्रशिक्षण प्रदान गरेका थिए।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, साइबर ब्यूरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयहरू काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोक र दोलखा, जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख तथा प्रतिनिधिहरूले अपराध अनुसन्धान क्षेत्रको विद्यमान अवस्था, साइबर अपराधको समस्या, फैसला कार्यान्वयनको अवस्थामा, हिरासत व्यवस्थापनको अवस्थामा, समस्या र समाधानका उपायहरू, अपराधको नयाँ ट्रेन्डहरुको अवस्था, भौतिक सबुत संकलनका समस्या र समाधानका उपायहरू, पेण्डिङ केशहरूको अवस्था लगायतका विषयमा प्रस्तुतीकरण गर्नुका साथै उक्त विषयहरूमा अन्तरक्रिया एवं छलफल समेत भएको थियो। उपत्यका साथै यसअघि अपराध अनुसन्धा समिक्षा गोष्ठी सातवटै प्रदेशमा समेत सम्पन्न भएको छ।

अपराध अनुसन्धानमा बढेका चुनौतिहरू समाधानका लागि नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालय समन्वयको विकास गर्ने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरिएको थियो।  नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित