उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९४ पटक पढिएको
उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने

काठमाडौं उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका हुन्।

नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा साहले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए।

यसैबीच नेपाल प्रहरीले उपत्यकामा हाल पाँच हजार सिसी क्यामरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सिसी क्यामरा चाहिने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित