पहिरोले गोरखाको दुर्गम गाउँ ‘छुले’ संकटमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४०८ पटक पढिएको
पहिरोले गोरखाको दुर्गम गाउँ ‘छुले’ संकटमा
गोरखा- हिमालपारीको गाउँको नामले चिनिने गोरखा जिल्लाको छुले गाउँलाई पहिरोले धक्का दिएको छ ।लागातारको अबिरल बर्षातसँगै पोस्योर खोलामा बाढी आएपछि गाउँ नै बगाउने गरी पहिरो गएको छ ।बाढीले  पुल बगाएका कारण आवात जावात  पूर्ण रुपले बन्द छ ।पहिरोले छुले गाउँका करिब ४० घरधुरी जोखिममा परेका छन ।
समय मै यो क्षेत्रमा तटबन्द निर्माण गरेर खोलालाई व्यवस्थित नबनाए मानवीय क्षति समेत हुने डर छ ।पहिरोले घर तथा पुरात्वातिक महत्वको गुम्बासमेत बगाउने सम्भावना रहेको पिडित स्थानीयको भनाइ छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित