महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन ( फोटो फिचर )

  • वर्ल्ड दैनिक
  • १ महिना अघि
  • १२२ पटक पढिएको
महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन ( फोटो फिचर )

१६ साउन, काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार एमाले कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए ।

प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन भएर कोहीले ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्दै नारा लगाएका थिए ।
अनेरास्ववियू त्रिचन्द्र क्याम्पस, प्रदेश सम्पर्क कमिटी भृकुटी मण्डप, खेलकुद महासंघ र किसान महासंघ सहिद गेट, रिटर्नी फेडेरेशन र इन्जिनियरिङ यसोसियशन भद्रकाली, अपाङ्ग संघ सुन्धारा, ट्रेड युनियन महासंघ न्युरोडमा भेला भई ¥याली सहित बसन्तपुरमा भेला भई महंगी र भ्रष्टाचार विरुद्ध बृहत् जन प्रदर्शन गरेको थियो ।
यसअघि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित