रुग्ण उद्योग संचालन गर्ने सरकारको योजना के छ ?

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ५४६ पटक पढिएको
रुग्ण उद्योग संचालन गर्ने सरकारको योजना के छ ?

काठमाडौँ- लामो समयदेखि बन्द रहेका उद्योगहरु सरकारले पुन संचालनमा ल्याउने तयारी गरेको छ । लामो समयदेखि बन्दप्राय रहेका  उद्योगहरु मोडालिटी  तयार गरेर संचालनमा ल्याउने तयारी भइरहेको छ ।

नेपालमा कुनैबेला सबैभन्दाबढी उत्पादन दिने र रोजगारी सिर्जना गरेका उद्योगहरु बन्दप्राय छन् ।

नेपालमा पहिलोपटक स्थापना भएको बिराटनगर जुट मिल, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग बन्द अबस्थामा छन् ।

उद्योग नै बन्द भएपछि यी उद्योगले चर्चेको भूमि, भौतिक सम्पति देखि मेसिहरुसमेत वेवारिसे बन्न पुगेका छन् । त्यसैले सरकारले यी रुग्ण उद्योगलाई पुनः  संचालनमा ल्याउने गरी तयारी गरेको छ ।

सोही अनुसार उद्योगहरुको स्थलगत अध्ययन सुरु गरेको उद्योग  वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।

सरकारले आगामी दशकलाई उत्पादनमुलक उद्योग प्रवर्द्धन दशक मनाउने उदेश्यले बन्द उद्योगहरु संचालनमा ल्याउने तयारी गरेको हो । बन्द रहेका ७ ठुला उद्योग  निजी क्षेत्रको सहभागीमा पुनः संचालन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

आपुर्ती मन्त्री बडुका अनुसार सरकारले अचल सम्पति बेच्ने बाहेक लामो समय सम्पत्ति लिजमा दिने, सार्वजनिक निजी साझेदारीमा उद्योग सञ्चालन गर्नेलगायत अन्य मोडालिटीमा उद्योग सञ्चालन गर्नेबारे छलफल भइरहेको  बताउनुभयो । उहाँले जुन मोडालिटीको प्रयोग गरेर भएपनि अनिवार्य रुपमा उद्योग संचालनमा ल्याउने बताउनुभयो ।

सरकारले नेपालको पहिलो आधुनिक उद्योगका रुपमा स्थापना भएको विराटनगर जुटमिलका सन्दर्भमा भने जुटमिलको केही भागमा संग्रहालयका रुपमा स्थापना गर्नेगरी अध्ययन समेत सुरु गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित