एनआरएनए : नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४४० पटक पढिएको
एनआरएनए : नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराले सार्थकता पाएको जनाएको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैरआवसीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस भएको जनाएको हो।

नेपालको संविधानको २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने व्यवस्था छ। सो नागरिकता पाउने व्यक्तिलाई आमनेपाली सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुनेछ । त्यस्तो नागरिकता पाउने व्यक्तिले मतदान गर्न पाउने छैनन्।

यसबाट संसारभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्नुका साथै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन पनि मार्गप्रशस्त गर्ने र समृद्ध नेपाल निर्माणमा थप टेवा पुग्ने संघको विश्वास छ ।

संघले विधेयक पारित गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकटसमेत गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%