एसीसी एसिया कप क्रिकेट–२०२२ श्रीलङ्काबाट यूएईमा सारियो

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • ६६ पटक पढिएको
एसीसी एसिया कप क्रिकेट–२०२२ श्रीलङ्काबाट यूएईमा सारियो

काठमाण्डाै – एसीसी एसिया कप क्रिकेट–२०२२ यूएईमा हुने भएको छ ।

श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट र प्रदर्शनका कारण खेल श्रीलङ्काबाट यूएईमा सारिएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएको छ ।

टी–२० फर्म्याटकाे एसिया कप आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने थप एक देश गरी ६ टोली सहभागी हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित