काठमाडौंमा १८ वर्षीया किशोरी बलात्कृत

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ५३८ पटक पढिएको
काठमाडौंमा १८ वर्षीया किशोरी बलात्कृत

काठमाडौंको नयाँ बसपार्क मित्रनगरस्थित १८ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर पुनर्वास नगरपालिका-८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित