महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • ११५ पटक पढिएको
महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि हुँदैछ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुनेछ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्  ।नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित