चितवनकाे इच्छाकामनामा बस र माइक्रो ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४१८ पटक पढिएको
चितवनकाे इच्छाकामनामा बस र माइक्रो ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

|तस्बिर : रासस

चितवन – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा गाडी ठोक्किँदा एक जनाको ज्यान गएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजाे बेलुका काठमाण्डौबाट बझाङका लागि छुटेकाे ना ६ ख १३४० नम्बरकाे बस र भैरहवाबाट काठमाण्डाैका लागि छुटेकाे लु २ ख ३५०२ नम्बरकाे माइक्रो ठाेक्किँदा एक जना पुरुषको ज्यान गएकाे हाे । उनकाे नयाँ मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे हाे । ज्यान गुमाउने पुरुषकाे परिचय खुलेकाे छैन ।

दुर्घटनामा दुवै गाडीका गरी १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित