आज ६० औं इन्जिनियर दिवस

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • १०९ पटक पढिएको
आज ६० औं इन्जिनियर दिवस

काठमाडौं । आज ६० औं इन्जिनियर दिवस मनाइँदै छ । नेपाल इन्जिनियर्स एसोसिएसनले दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिने भएको छ ।

कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एप्रिसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ ।एसोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रूपमा मनाउँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित