पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ६६० पटक पढिएको
पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक

|ब्रह्माण्डको रङ्गिन तस्बिर

पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएकाे छ । जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिलो पूर्ण–रङ तस्बिर सार्वजनिक गरिएको छ । यो तस्बिरलाई ब्रह्माण्डको अहिलेसम्मको सबैभन्दा गहिरो, सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य मानिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङ्गका क्रममा तस्बि देखाइएको थियो । तस्बिर हेरेपछि बाइडेनले आफूहरु पहिले कसैले नदेखेका सम्भावना देख्न सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ । जेम्स वेबका थप तस्बिरहरू नासाले आज सार्वजनिक गर्ने बीबीसीले जनाएको छ ।

वेब परियोजनाका कार्यक्रम वैज्ञानिक डा. एरिक स्मिथले यो मिशनबाट विश्वजगत् साँच्चिकै मोहित भएको बताउनुभएको छ । जेम्स वेब स्पेस टेलिस्कोप एक अन्तरिक्ष टेलिस्कोप हो जुन मुख्य रूपमा इन्फ्रारेड खगोल विज्ञान सञ्चालन गर्न डिजाइन गरिएको हो । यसलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको सबैभन्दा शक्तिशाली टेलिस्कोपको रूपमा हेरिएको छ । यसको धेरै सुधारिएको इन्फ्रारेड रिजोल्युसन र संवेदनशीलताको कारण यसले हबल स्पेसको लागि धेरै पुरानो, टाढा वा धमिलो वस्तुहरू हेर्न मद्दत गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित