मृत अवस्थामा भेटिएको शवको खुल्न सकेन पहिचान
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४०० पटक पढिएको
मोरङमा मृत अवस्थामा फेला परेको एक पुरुषको शव पहिचान हुन सकिरहेको छैन। मोरङको सुन्दरहरैँचा नगरपालिका-८ मा अघिल्लो दिन पूर्वाञ्चल विश्वविद्यालयनजिकको बाँझो खेतमा खोप्टो परेको अवस्थामा अन्दाजी ३५/३६ वर्षीय पुरुषको शव भेटिएको थियो।
मृत फेला परेका पुरुष बिहीबार साँझ मात्रै त्यो ठाउँमा देखा परेको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। स्थानीयले पनि मृतकलाई चिन्न नसकेको र त्योभन्दा अघि उनीहरूले ती पुरुषलाई कतै पनि नदेखेको प्रहरीले जनाएको छ।
उक्त शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाका बारेमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।
१%
प्रतिक्रिया दिनुहोस