शिक्षकको क्षमता अभिवृद्दि तालिमका लागि एन.एस.एस फाउनडेशन र के.यु. बीच सम्झौता
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९७५ पटक पढिएको
एन.एस.एस फाउन्डेसनले आफ्ना शिक्षकहरुको क्षमता अभिवृद्दि तालिमका लागि काठमाण्डौ विश्वविद्यालयसँग सम्झौता गरेको छ। काठमाण्डौ विश्वविद्यालयसँग एक वर्षको लागि सहमति गर्दै एन एस एस फाउनडेशनका संस्थापक डा. माधब प्रसाद बरालले भने, “मेरो सपना आज पुरा भएको छ, यो तालिम शिक्षक र विद्यालयको लागि हो जसले अन्तत विद्यार्थीको क्षमतालाई अभिवृद्दि गर्छ।”
काठमाडौँको होटल मेरियटमा एन.एस.एस फाउनडेशन र के.यु. बीच एम.ओ.ई मा हस्तक्षर गर्न एन.एस.एस फाउनडेशनका तर्फबाट डा.माधब प्रसाद बराल र के.यु. का तर्फबाट के.यु. स्कुल अफ एजुकेशनका डिन प्रो.डा. बाल चन्द्र लुइँटेलले हस्तक्षर गरेका थिए। लुइँटेलले भने, “यो तालिम प्रोफेशनल डेभलोभ्मेन्टको लागि हो र पार्टी सिपेटरी एक्शन मोडलमा तालिम संचालन गरिने छ।” उक्त तालिममा शिक्षकको शिकाई र परिक्षा दुवै हुनेछ र एक वर्षमा ९ वटा सेसन गरिने र शिक्षकहरुलाई क्रेडिट आवरको मान्यता पनि दिने प्रोफेशर डा.बालचन्द्र लुइँटेलले बताए ।
एन.एस.एस फाउन्डेसनको नेतृत्वमा अहिले ९ वटा शैक्षिक संस्थाहरु छन् ।
काठमाडौँ उपत्यका भित्र र बाहिर प्रि स्कूलदेखि विश्वविद्यालय ( प्ले ग्रुपदेखि मास्टर्ससम्म) स्तरका विभिन्न शैक्षिक कार्यक्रमहरू एन.एस.एस फाउन्डेसनले सन्चालन गर्दै आहिरहेको छ। नेशनल इन्स्टिटुट अफ साइन्स एंड टेकनोलोजी अर्थात ( निष्ट ) नेपालकै पहिलो +२ कलेज हो । निष्ट अहिले एन.एस.एस फाउन्डेसन अन्तर्गतको एक कलेज हो।