कर्णाली प्रदेशसभा बैठक भोलि विहीबार बस्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३९० पटक पढिएको
कर्णाली प्रदेशसभा बैठक भोलि विहीबार बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको कर्णाली प्रदेशसभा बैठक भोलि विहीबार हुने भएको छ। असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक एमालेले अवरोध गरेयता सदन स्थगित भएको थियो।

सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन। विहीबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको विषयमा गहन चफल हुने भएकाले यो बैठक आयोजना गरिएको बताए।

त्यस्तै बिहीबार बिहान ८ः०० बजे सत्ता गठबन्धन दलका प्रमुख र प्रतिपक्षी दलहरूको निर्णायक बैठकबाट सहमति जुटाएर दिउँसो १ः०० बजे सदन चलाउने योजना बनाइएको उनले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित