फिल्म सम्पादक अधिकारीको निधन

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४४३ पटक पढिएको
फिल्म सम्पादक अधिकारीको निधन

फिल्म सम्पादक किरण अधिकारीको निधन भएको छ। छायाँकार रवि कोइरालाका अनुसार उनलाई हृदयघात भएर अस्पताल लगिएको थियो। अस्पताल पुर्याउदै गर्दा उनको बाटोमा नै निधन भएको हो।

‘बिचबाटो’, ‘मेरो राजेश दाई’, ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र उनले सम्पादन गरेका छन् । किरण अधिकारी नेपाली फिल्म छेत्रका निकै व्यस्त सम्पादक थिए। उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित