फिल्म ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनिक

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • २४० पटक पढिएको
फिल्म ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनिक

फिल्म ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ। असार ३१ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको मुख्य भूमिकामा पूजा शर्मा र आकाश श्रेष्ठलाइ देख्न सकिन्छ।

अन्य भूमिकामा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा लगाएतको अभिनय देख्न सकिन्छ। फिल्मलाई निर्देशन, लेखन निमेश प्रधानले गरेका छन्। फिल्मको छायांकन दार्जिलिङ, सिलगुढी, सिक्किम लगायतका रमणीय स्थानमा भएको छ। अद्वितीय प्रधान र रेविका प्रधानको निर्माण रहेको छ भने सुवास भुर्तेल कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा शिब ढकालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङको संगीत छ। कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित