नेपालमा ‘चेरी टिग्गाो ७ प्रो’ औपचारिक रुपमा लन्च

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ६४२ पटक पढिएको
नेपालमा ‘चेरी टिग्गाो ७ प्रो’ औपचारिक रुपमा लन्च

नेपालमा “चेरी टिग्गाो ७ प्रो” औपचारिक रुपमा लन्च भएको छ। चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले आज चेरीको उक्त कार औपचारिक रुपमा लन्च गरेको हो।

प्रो सिरिजको १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ । यस नयाँ मोडलमा १४७ पीएस पावर र २१० एनएम टर्क भएको इन्जिन रहेको छ । सो इन्जिन ९ स्पिड सीभीटी गियरबक्ससँग जोडिएको छ । यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ ।

लेदर सिट सहितको ब्ल्याक–बेज थिममा आधारित क्याबिन भएको यो मोडेलको इन्टेरियर निकै नै आकर्षक छ । फ्रन्टमा सिक्स–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने प्यासेन्जर सिट चाहिं फोर–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ । यसमा थप फिचरको रुपमा प्यानोरामिक सनरुफ समेत छ । टिग्गो ७ प्रोको मूल्य नेपाली बजारमा ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित