एक वर्षको प्रेमलाई विवाहमा परिणत गर्दै पूर्वमिस नेपाल सदीक्षा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २९७ पटक पढिएको
एक वर्षको प्रेमलाई विवाहमा परिणत गर्दै पूर्वमिस नेपाल सदीक्षा

विगत एक वर्षदेखि प्रेममा रहेकी पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ अब विवाह बन्धनमा बाँधिने भएकी छन् । श्रेष्ठले उनका प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् ।

मिस नेपाल आयोजकका अनुसार श्रेष्ठ र राहुलको विवाह समारोह मंगलबार आयोजना गरिएको छ। उनीहरुको विवाह नेवारी परम्पराअनुसार गर्न लागिएको छ। त्यस्तै विवाहमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्तो गरिएको बताइएको छ । सदीक्षा श्रेठ २०१० मा मिस नेपाल भएकी थिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित