एक्लो जीवन बिताइरहेका महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३९५ पटक पढिएको
एक्लो जीवन बिताइरहेका महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने

४० वर्ष उमेरसम्म अविवाहित भई एक्लो जीवन बिताइरहेका महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। शुक्रबार बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो।

बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सहायताको आवश्यकता रहेको बताउदै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान सर्वसम्मतिले पारित भएको छ। बैठकले नेपाल सरकारले पीछडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समेत भत्ता उपलब्ध गराउन सक्ने प्रावधान राखेको छ। साथै समितिकी सचिव बबिता मिश्रका अनुसार सम्बन्ध विच्छेद गरेर श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका विवाहित वा अविवाहित महिलाहरुलाई पनि एकल महिलाको परिभाषा भित्र राखेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईने भएको छ।

त्यस्तै समितिले आर्थिक रुपले विपन्न अवस्थामा रहेका अन्य एकल महिलाहरुलाई पनि असहाय एकल महिलालाई समेत भत्ता दिने प्रावधान समेत पारित गरेको छ। बैठकमा सांसदहरुले सामाजिक सुरक्षा भत्ता लिन नचाहनेहरुलाई राज्यले सम्मान गर्नुपर्ने धारणा राखेपछि सामाजिक सुरक्षा भत्ता कसैले लिन नचाहेमा उसलाई राज्यले प्रशंशा पत्रसहित सम्मान गर्ने प्रावधान समितिबाट पारित गरिएको समितिकी सचिव मिश्रले बताईन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित