अपाङ्ग बाल अस्पतालका कर्मचारी चढेको बस दुर्घटना

दुर्घटनामा परी एक महिलाको निधन भएको छ भने ३८ जना घाइते
  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४०५ पटक पढिएको

बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालका कर्मचारी चढेको बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको छ। दुर्घटनामा परी एक महिलाको निधन भएको छ भने ३८ जना घाइते भएका छन्।

कार्यालयबाट घरतर्फ फर्केने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन्। खतिवडाका अनुसार सामान्य घाइतेको अपाङ्ग बाल अस्पताल, केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागालमा उपचार भइरहेको छ।

घाइतेको थप विवरण आउन बाँकी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित