आज ३१ जना संक्रमित थपिए, मृत्यु शून्य

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३९१ पटक पढिएको

नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ। पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ हजार ४ सय २५ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण आज मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १४२ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ ।

अहिले कोरोना संक्रमणबाट मुक्त्त हुने दर ९८.८% रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित