भित्रियो ‘ईभी ब्राभो’ स्कुटर, फास्टेस्ट चार्जरको सुबिधा
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९३ पटक पढिएको
जम्वो मोटर्सले हालैमात्र चिनियाँ ब्राण्डको स्कुटर ब्राभो नेपाल भित्र्याएको छ । इलेक्ट्रिक दुई पाङ्ग्रेमा आकर्षक ‘ईभी ब्राभो’ आधिकारिक रुपमा नै नेपाल भित्रिएको हो ।
उक्त मोडलको स्कुटर रेट्रो डिजाइनमा पाइने भएको छ । भर्खरै भित्रिएको ईभी ब्राभोको कम्पनीले टेष्ट ड्राइभ कार्यक्रम संचालन गरिरहेको जनाएको छ । कम्पनीले दिएको जानकारी अनुसार यस स्कुटर २ घन्टामा फुलचार्ज हुनेछ र अधिकतम १२० किलोमिटरको माइलेज दिनेछ ।
साथै यस स्कुटर छिट्टै विक्रिवितरण समेत शुरु गर्ने समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा भेरियन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । स्कुटरमा विभिन्न फिचरहरु जस्तै टीएफटी डिस्प्ले, कि लेस स्टार्ट, बाइडर टायर, टेलीस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, डिस्क ब्रेक र बुट स्पेस उपलब्ध रहेका छन् ।