पुर्वपत्रकार लामिछानेले गठन गरेको पार्टीविरुद्ध उजुरी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२८ पटक पढिएको

रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मंगलबार गठन गरेको पार्टीविरुद्ध बुधबार निर्वाचन आयोग पुगेर एक टोलीले पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । निर्वाचन आयोगले उनीहरुले दिएको उजुरीलाई अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने प्रवक्ता पौड्यालले  बताए ।

प्रवक्ता पौड्यालले भने–‘आयोगमा छ–सात जनाको समूहमा आएका व्यक्तिहरुले निवेदन दिएर जानुभएको छ । उहाँहरुको निवेदनमा के के कुरा छन्, ती कुराहरु प्रचलित निर्वाचन कानुनी व्यवस्था अनुसार छ कि छैन, सो आधारमा दल दर्ता गर्न मिल्छ कि मिल्दैन विभिन्न पक्षबारे आयोगले अध्ययन छलफल गरेर आवश्यक निर्णय गर्छ । सोही आधारमा पार्टी दर्ता हुने कि नहुने भन्ने निश्चित हुन्छ ।’  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित