रुसी पत्रकारद्वारा युक्रेनका आउने पुस्ताका लागि नोबेल शान्ति पुरस्कार लिलामी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३६ पटक पढिएको

स्वतन्त्र रूसी अखबार नोभाया गजेटाका सम्पादक-इन-चीफ दिमित्री मुराटोभले सोमबार युक्रेनमा रूसी आक्रमणबाट विस्थापित भएका बालबालिकाहरूलाई सहयोग गर्नको लागि आफ्नो नोबेल शान्ति पुरस्कार लिलामी गरेका छन् । मुरातोभले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३.५ मिलियन डलरमा लिलामीमा बिक्री गरेका हुन् ।

न्युयोर्कमा हेरिटेज अक्सनले आयोजना गरेको बिक्रीमा उक्त पदक अज्ञात बोलपत्र दातालाई बेचिएको थियो । ती व्यक्तिले फोन मार्फत पदक किनेका थिए ।  समाचार एजेन्सी एएफपीका अनुसार मुराटोभको स्वर्ण पदक अनलाइन र व्यक्तिगत बोलीकर्ताहरूको लागि उपलब्ध गरिएको थियो । उक्त पदक बिक्रीबाट आएको सम्पूर्ण कमाई युनिसेफको युद्धद्वारा विस्थापित युक्रेनी बालबालिकाहरूको लागि मानवीय प्रतिक्रियामा जाने भएको छ ।

मुरातोभले सन् २०२१ मा फिलिपिन्सकी पत्रकार मारिया रेसासँगै पुरस्कार जितेका थिए । नोबेल समितिले उनीहरूलाई ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासको लागि’ सम्मान गरेको थियो । बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित