बालबालिकालाई कोरोनाविरुद्धको खोप असार ९ गतेदेखि लगाईने
- वर्ल्ड दैनिक
- २ साल अघि
- २५४ पटक पढिएको
असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्लाका बालबालिकालाइ कोरोनाविरुद्धको खोप अभियान सरकारले सञ्चालन गर्ने भएको छ ।
जसमा पहिलो चरणमा प्रदेश नम्बर १ का झापा, इलाम, सुनसरी, मोरङ मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सामा ओप अभियान सञ्चालन गरिनेछ । यस्तै, वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रे, काठमाडांै, भक्तपुर, ललितपुर तथा गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्वमा खोप अभियान चल्नेछ ।
विभागका अनसार लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने छ। पहिलो मात्रा लगाएको तीन हप्तापछि दोस्रो मात्रा लगाउने तयारी छ ।
बाँकी ५० जिल्लामा खोप अभियान भने भदौ ५ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिनेछ ।
आइतबार (असार ५ गते) अमेरिकाबाट आएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख मात्रा खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउने सरकारको योजना रहेको स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ।