राष्ट्रपति म्याक्रोँले गुमाए बहुमत

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४२ पटक पढिएको

फ्रान्सेली संसद नेसनल एसेम्ब्लीमा इमानुएल म्याक्रोँले राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयपछि बहुमत गुमाएका छन् । फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीमा निर्वाचनमा वाम गठबन्धन र अति दक्षिणपन्थीहरूको दमदार प्रस्तुतिपछि राष्ट्रपति म्याक्रोँले बहुमत गुमाएका हुन्। 

बलियो बहुमत ल्याउन मतदातालाई आह्वान गरेतापनि म्याक्रोँले नेतृत्व गरेको गठबन्धनले चुनावमा दर्जनौं सिट गुमाए जसले फ्रान्सेली राजनीतिलाई ध्रवीकरणतर्फ लैजाने देखिएको छ । अब राष्ट्रपतिलाई सुधारका योजना पारित गर्न भने समस्या पर्नेछ । 

निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनले नेतृत्व गरेको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् ।  यो अवस्था अप्रत्यासित भएको हालै नियुक्त गरेका प्रधानमन्त्री एलिजाबेथ बोर्नले बताइन् ।

‘ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका जोखिमहरूलाई ध्यानमा राख्दा पछिल्लो अवस्थाले हाम्रो देशका जोखिमको प्रतिनिधत्व गर्छ’,  उनले भनिन् ।

उनले आधुनिक फ्रान्सले यस्तो संसद कहिल्यै नदेखेको पनि बताइन्। उनले अगाडि थपिन, ‘हामीले भोलिदेखि नै बहुमत ल्याउनका लागि काम गर्नेछौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित