अर्थमन्त्रीको राजीनामा माग
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८३ पटक पढिएको
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने प्रतिनिधिसभाका सांसद प्रेम सुवालले बताएका छन् ।
अहिलेसम्म राजीनामा दिइसक्नुपर्नेमा नदिएको भन्दै प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सुवालले त्यसको विरोध समेत गरेका छन्।
‘अहिलेसम्म अर्थमन्त्रीको राजीनामा आएन,’ उनले भने, ‘प्रधानमन्त्रीले यसको जिम्मेवारी लिनुपर्छ ।’ उनले अर्थमन्त्री शर्माको जिम्मेवारी गठबन्धनका नेताहरूले दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्नुपर्ने समेत माग राखे ।
प्रतिक्रिया दिनुहोस