अवरोधका बीच सभामुखले अर्थमन्त्रीलाई जवाफ दिन दिए समय
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७७ पटक पढिएको
अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिएका छन् ।
एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै संसदीय छानविन समिति गठन माग गरेको छ । बिहीबार पनि एमाले सांसद भानुभक्त ढकालले छानविन नभएसम्म अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने बताएका थिए ।
एमाले सांसदहरु लगतै उठेर अवरोध गरिरहेकै बेला सभामुखले अर्थमन्त्रीलाई जवाफ दिन समय दिएका छन्। एमाले सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर टेबुल ठटाउँदै विरोध जनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस