स्वदेशी उत्पादित वस्तुको प्रवर्द्धन गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाई
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५८ पटक पढिएको
स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि तथा सिपबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्न आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।
भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि तथा सिपबाट उत्पादित वस्तुको प्रवद्र्धनमा एक्स्पोले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
उनले भने ‘यस्ता एक्स्पोले स्वदेशमा उत्पादित वस्तुको निकासी प्रवद्र्धनमा सहयोग पुगी साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा सघाउँछ।,’
प्रधानमन्त्री देउवाले पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको र देशको आर्थिक विकासमा उद्योगीको भूमिका अग्रणी रहने पनि उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस