ला लिगाको सिटी र पीएसजीविरुद्ध उजुरी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०३ पटक पढिएको
यूईएफएमा स्पेनिस ला लिगाले इंग्लिस क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध उजुरी दर्ता भएको छ । सर्वोच्च निकायमा ला लिगाले फाईनान्सियल फेयर प्ले को नियम उलंघन गरेको भन्दै सिटी र पीएसजीविरुद्ध युरोपियन फुटबलको उजुरी दर्ता गरेको हो ।
ला लिगाले विश्व फुटबलमा उनीहरुले कृतिम रुपमा बजार बढाउने काम गरिरहेको आरोप लगाएको छ भने यसले फुटबलमा विकासको दिगोपनलाई असर गर्ने बताएको छ।
पछिल्लो समय केलियन एमबाप्पे र अर्लिङ हालाण्ड अनुबन्धको विषयमा ला लिगा क्लब रियल मड्रिडसंग रुष्ट बन्दै आएको छ ।
तर, अन्तिम समयमा एमबाप्पेले पीएसजीमै बस्ने निर्णय गरेको थियो । यस्तै हालाण्डलाई सिटीले अनुबन्ध गरेको थियो । एमबाप्पेलाई पीएसजीले मल्टि मिलियन पाउण्डको रकमसहित क्लबमा राख्न सफल भएको र सिटीले हालाण्डलाई ५१.२ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।