फिफा विश्वकपका लागि सबै ३२ देशको टुंगो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७२ पटक पढिएको

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ। न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले मंगलबार राति विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको हो ।

विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने छ भने विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । बायत स्टेडियममा नोभेम्बर २१ मा हुने उद्घाटन खेल हुनेछ। फिफाले विश्वकप समूह विभाजन ‘ड्र’ यस अघि नै सार्वजनिक गरिसकेको र सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ‘ड्र’ गरेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित