नेपाललाई आघात पुग्ने सम्झौतामा हस्ताक्षर नगर्ने देउवाले भने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५६ पटक पढिएको

नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग आज बालुवाटारमा कुराकानी गर्दै देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्टाएका हुन्।

‘आज बालुवाटारमा प्रचण्ड, म, उपेन्द्र यादव बीचमा प्रधानमन्त्रीजीले स्पष्ट कुरा गर्नुभएको छ- नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर हुने काम मबाट हुँदैन भनेर,’ पार्टीका नेताहरूलाई बिहान भएको छलफलबारे बताउँदै अध्यक्ष नेपालले भने।

नेपालले बताए अनुसार देउवाले एसपिपीजस्ता सम्झौतामा अरू कुनै देशले चासो राखे वा कसैले दबाब दिए भने पनि आफूले नमान्ने बताएको छन्। ‘अरू देशहरूले पनि यसबारे चासो राख्दाखेरि वा कसैले भने पनि म मान्नेवाला छैन भनेर प्रधानमन्त्रीले क्लियर भन्नुभएको छ,’ नेपालले भने, ‘यस्तो सम्झौता गरिँदैन, हुँदैन भन्नुभएको छ।’

अध्यक्ष नेपालले एसपिपीजस्ता सम्झौता अघि बढाउन अमेरिकाले दबाब नदिएको पनि बताएका छन्। 

देश हितमा कुनै सम्झौताका प्रस्ताव छ कि छैन भनेर जनताका साथै राजनीतिक दलले पनि चासो राख्नुपर्ने र एसपिपीबारे भ्रममा नपर्न र कुनै बुझ्नुपर्ने भए सिधै प्रधानमन्त्री देउवासँग कुराकानी गर्न सकिने पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले पार्टीका नेताहरूसँग बताएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित