बैंकहरुलाई सीडी रेसियो ९०% मा झार्न केन्द्रीय बैंकको निर्देशन
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२०३ पटक पढिएको
असार मसान्तभत्रि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९०% मा झार्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई निर्देशन दिएको छ ।

मंगलबार छलफलमा सहभागि एक सीइओले २७ वटै वाणिज्य बैंकका सीइओहरुलाई छलफलमा बोलाएर कर्जा विस्तारमा विचार पुर्याउन र नियम विपरित कर्जाको ब्याजदर नबढाउन निर्देशन दिएको बताएका छन्।
बैंकहरुलाई ऋणको विस्तारलाई ठिक्क राख्न र जथाभावी रुपमा नाफालाई मात्र वृद्धि गर्न ध्यान नदिन राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले निर्देशन दिएकी छिन् । उनले आगामी वर्षका लागि बैंकको बजेट बनाउँदा संवेदनशील हुन पनि निर्देशन दिएकी छिन् ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबहादुर मिश्र सहित नियमन विभागका प्रमुख गुणाकर भट्ट तथा सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल तथा विदेशी विनिमय विभागका प्रमुख गुरु पौडेल सहित उच्च अधिकारीको उपस्थित रहेको थियो । गभर्नर महाप्रसाद अधिकारी भने छलफलमा उपस्थित थिएनन् ।