कात्तिक मसान्त वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी भएको प्रचण्डको भनाई

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४३ पटक पढिएको

संघीय र प्रदेश सभा चुनावको तयारी भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले नेता तथा कार्यकर्ताहरूलाई कात्तिक मसान्त वा मंसिर पहिलो साता संघीय/प्रदेश सभा चुनाव हुने भएकोले तयारी गर्न आग्रह गरेका छन्।

उनले आज बर्दियामा पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय चुनावजस्तै एकै चरणमा संघीय/प्रदेशको चुनाव गर्ने तयारी रहेको बताए।

‘संघीय र प्रदेशको चुनावको तयारीमा छौं। कात्तिक मसान्त वा मंसिर पहिलो साता चुनाव गर्ने गरी सत्ता गठबन्धनमा छलफल भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्षको कुरा पनि यही समयमा चुनाव गर्ने भन्ने छ।’

एकै चरणमा चुनाव गर्ने गरी छलफल गरिएको तर सुरक्षाका कारण दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको उनले बताएका छन्। 

‘हाम्रो कोसिस एकै चरणमा चुनाव गर्ने भन्ने छ,’ उनले भने।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित