भोलि बस्ने एमाले सचिवालय बैठकको लागि एजेन्डा तयार

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५५ पटक पढिएको

सचिवालय बैठकका लागि नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले एजेन्डा तय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ।

सोमबार दिउँसो १ बजे सचिवालय बैठक च्यासलमा बस्ने भएको छ। 

नेता प्रदीप ज्ञवालीले केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको जानकारी दिएका छन्। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित