अन्तिम खेलमा नेपालको सहज जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५० पटक पढिएको

नेपालले आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा जित निकालेको छ ।
बिहीबारको खेलमा आयोजक मलेसियालाई युकेएम ओभलमा २५ रनले हराएको हो । नेपालले मलेसियालाई ८७ रनको लक्ष्य दिएको थियो तर मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् । सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३/३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् । किरण कुमारी कुँवर सुन्य रनमा आउट भईन् । मलेसियाकी नुर सामेदले २ विकेट लिईन् ।
मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडीन् । नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिईन् ।
यस जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको छ ।
नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोर्यो । नेपालले ५ खेलमा ६ अंक जोड्यो ।
नेपालको विश्वकप सपना भने यस अघि नै समाप्त भईसकको छ ।
छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थाइल्याण्ड र युएईबीच आज हुने खेलले विश्वकपमा पुग्ने टोलीको तय हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित