संसदमा अनलाइन गेम पब्जी बन्द गर्न उठ्यो आवाज

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५३ पटक पढिएको

अनलाइन गेम पब्जी बन्द गर्न संसदमा आवाज उठेको छ । पब्जीले युवा पुस्तामा पछिल्ला वर्ष निकै नकारात्मक असर गरेको भेटिएको छ।
त्यहि नकारात्मक असरले गर्दा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बिहीबार सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।
पब्जीबाट युवा पुस्ता बिग्रिएको र छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरेकी हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित