रुसी सेनाको कब्जामा पूर्वी युक्रेनको महत्वपूर्ण सहर
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७० पटक पढिएको
पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई रुसी सेनाले नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् ।
युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर सेभेरोदोेनेत्स्कमा केन्द्रित गरेको छ । करिब १५,००० नागरिक सेभेरोडोनेत्स्क र नजिकैको सहर लिसिचान्स्कमा रहेको गभर्नरले बताए ।
मस्कोको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ । औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले टेलिग्राममा भने । ‘सहरको सडकभित्र मात्र लडाइँ चलिरहेको छ’, उनले भने । यसअघि युक्रेनी फौज पछाडि फर्कनुपर्ने अवस्था आउनसक्ने उनले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस