आजबाट एसियन गेम्सको तयारी सुरु
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३१८ पटक पढिएको
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स)का लागि खेलाडीको बन्द प्रशिक्षण आज मंगलबारबाट सुरु हुने जनाएको छ ।
२३ खेलका खेलाडीको प्रशिक्षण सुरु गरिने राखेपले जनाएको छ ।
राखेपले खेलाडीलाई हाइ पर्फमेन्स कमिटीले गरेको सिफारिसको आधारमा प्रशिक्षणमा राख्न लागेको हो ।
स्थगित भएको एसियन गेम्सको भने प्रतियोगिताको नयाँ मिति घोषणा भएको छैन । तर, कमिटीले प्रतियोगिताका लागि तयारीलाई अघि बढाउन राखेप समक्ष प्रस्ताव गरेको हो ।
एसियन गेम्समा नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिस सहित २३ खेलमा सहभागिता जनाउने छ ।