सत्ता गठबन्धनमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५४ पटक पढिएको

सत्ता गठबन्धनको शीर्ष नेताहरूको बालुवाटारमा बसेको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच कुराकानी भएको थियो।

जसपा अध्यक्ष उपेन्द्र यादवले तत्काल मन्त्री परिवर्तन नगर्ने कुरा भएको बताए। 

संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले पनि तत्काल मन्त्री परिवर्तन नगर्ने र एकीकृत समाजवादीबाट लिखित रूपमा नयाँ मन्त्रीका नाम पनि  आईनसकेको बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित