इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज हुँदै
- वर्ल्ड दैनिक
- २ साल अघि
- २२७ पटक पढिएको
मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बीच मर्जर हुने करिब पक्का भएको छ । इन्भेष्टमेन्टले हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै मेगासँग मर्जरको गाँठो कस्ने भएको हो ।
इन्भेष्ट बैंक र मेगा बैंकबीच केही दिन अघि मात्र स्वाप रेसियो टुङ्गो लगाइएको थियो । सम्झौता बमोजिम दुई बैंकको स्वाप रेसियो १००ः९० हुने बताइएको छ । अर्थात् मर्जरमा जाँदा इन्भेष्टमेन्ट बैंकको १०० बराबर १०० कित्ता नै हुँदा मेगा बैंकको १०० कित्ता बराबर ९० कित्ता हुने गरी सम्झौता भएको स्रोतले बताएको छ ।
दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ । जुन हाल वाणिज्य बैङ्कहरू मध्येकै ठूलो बैंक ‘ग्लोबल आईएमई बैंकको भन्दा ८ अर्बभन्दा बढी चुक्ता पुँजी पुग्नेछ त्यसैले यदि यी दुईबीच मर्जर सफल भए हालसम्मकै ठूलो बैंक बन्ने छ ।
ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी हाल २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
मर्जरपछि बन्ने बैंकको चुक्तापुँजीमा स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले ३४ अर्बभन्दा बढी हुने छ । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
अबको दुई हप्ताभित्रै सम्झौता गर्ने दुवै बैंकको सञ्चालक समितिले मर्जरका लागि तयारी गरेको छ । मर्जरपछि बन्ने बैंकको नाममा भने दुवै बैंकले आ–आफ्नो नामको अस्तित्व खोजेको बुझिएको छ ।