सार्वजनिक शौचालयका छुट्टै संकेत चिन्ह

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९२ पटक पढिएको

सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह काठमाडौं महानगरपालिकाले तयार गरेको छ । अब होटल तथा रेस्टुरेन्टहरुले नीलो पृष्ठभूमिको संकेत चिन्ह  स्वेच्छिक रुपमा आफ्नो शौचालयमा राखेर सार्वजनिक रुपमा खुला गर्न सक्ने भएका छन् ।

महानगरपालिकाले सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको जनाएको छ ।

गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ भने बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको साथै  संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ। 

महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, र्फम, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिसकेको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित