मुल्यवृद्धिका कारण लुभुका किसानले घेरे आयल निगम

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७४ पटक पढिएको

ललितपुरको लुभुका किसानले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै आयल निगम घेराउ गरेका छन् । जग्गा भाडामा लिएर खेती गरिरहेका लुभुका किसानहरुले प्रतिरोधको आयोजनामा आयल निगम घेराउ गरेका हुन् ।

तत्काल मुल्यवृद्धि फिर्ता नभए उनीहरुले  कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा किसान तथा समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विकले  मुल्यवृद्धिका कारण  किसानहरुलाई  बाँच्न कठिन परिरहेको र राज्यले किसानहरुलाई जहिल्यै मारमा पार्दै आइरहेको बताएका छन्। 

उनले किसानसँग लड्नुको विकल्प कहिल्यै नरहेको  अहिले पनि किसानलाई माथि उठ्न नदिने प्रपन्च निरन्तर रहेको र श्रमजीवीले समस्या भोग्नुपर्ने तर भ्रष्टाचारी र कमिसनखोरले आरामको जीवन बाँच्ने परिस्थितिसँग डटेर लड्ने बताएका छन्। 

राज्यव्यवस्था श्रमजिविको नभएको र प्रतिरोधले मुल्यवृद्धिको विरुद्धमा निरन्तर आन्दोलन गरिरहने पनि बताएका छन्। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित